
काठमाडौं । सरकारले मधेस थरुहट आन्दोलनका क्रममा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा फिर्ता लिएको छ ।
जनता समाजवादी पार्टी (जसपा)सँगको सहमतिका आधारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

