थप ८९८० जनामा कोरोना पुष्टि, ८८४८ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     जेठ ८ गते २०७८ मा प्रकाशित


नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख १० हजार ८६ पुगेको छ ।

यस्तै २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार देशभरबाट ८ हजार ८४८ जना निको भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट ६१५३ जनाको मृत्यु भएको छ ।