ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

-


     मर्दी न्युज    
     जेठ १५ गते २०७८ मा प्रकाशित


काठमाडौँ। सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभत्ता ४ हजार पुर्‍याएको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो ।