
पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप ४४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ६ नमुनाहरुको पीसीआर परीक्षणमा ४ हजार ३११ जना र ७ सय ७६ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।
यस्तै २४ घण्टामा ६ हजार ८० जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।

