गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज बिश्वासको मत प्राप्त गर्न असफल

-


     मर्दी न्युज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् ।

बिश्वासको मत लिने कार्यक्रमको दौरानमा प्रमुख प्रतिपक्षका नेता कृष्णचन्द्र नेपालीले सरकारको रबैयाको आलोचना गरेका थिए भने मुख्यमन्त्रीले त्यसको बचाउमा आफ्नो सरकारले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका थिए । गण्डकी प्रदेशमा एकताको सन्देश दिन आफुलाई मतदान गर्न आग्रह गरेका थिए ।

सभामुख नेत्रनाथ अधिकारील बिश्वासको मतदान गर्ने बेलाका नियमहरु बारे प्रकाश पार्दै हस्ताक्षर सहितको मतदान गर्नुपर्ने बताए । मतदानमा मुख्यमन्त्रीको पक्षमा २७ मत खसेको थिए । बिपक्षी गठबन्धनको नेतृत्व गरेका नेपाली काग्रेसको पक्षमा ३० मत खसेका थिए । ५८ जना सांसदहरु उपस्थिति भएकोमा ५७ जना ले मतदानमा भाग लिएका थिए ।