लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

-


     मर्दी न्युज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित


बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनबाट केसीले मुख्यमन्त्रीकाे पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।   

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसीलाई प्रदेश प्रमुख शेरचनले बिहीबार नै संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

आजै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

जसमा कांग्रेसका तर्फबाट सहरी तथा ग्रामीण विकासमन्त्रीमा डिल्ली चौधरी, माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णध्वज खड्का,  जनता समाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधारमन्त्री सहसराज यादवले शपथ लिएका छन् । जसपाका पूर्मती ढेँगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् । यसैगरी स्वतन्त्र सांसद अजय शाहीले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।