जापानमा एकैदिन २० हजार बढी संक्रमित , टोकियो मात्रै ५७७३ जनामा संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     श्रावण २९ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, २९ साउन । जापानमा शुक्रबार २० हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ । कोरोना महामारी सुरुदेखि एकैदिन २० हजार नाघेको यो पहिलोपटक हो ।
आज पाँच प्रान्तमा १ हजार भन्दा बढी र २७ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । टोकियो, खानागावा, साईतामा, चिबा, क्योतो, इबाराकी, सिजुओका, गुन्मा, कुमामोतो लगायतका प्रान्तमा हालसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको छ । २ सय भन्दा बढी संक्रमित भएका प्रान्तहरूमा सबैभन्दा धेरै टोकियोमा ५ हजार ७ सय ७३, खानागावामा २ हजार २ सय ८१, ओसाकामा १ हजार ५ सय ६१, साईतामामा १ हजार ६ सय ९६, चिबामा १ हजार ८९, फुकुओकामा ९ सय ५१, ओकिनावामा ७ सय २१, ह्योगोमा ७ सय ८०, आईचीमा ६ सय ३८, होक्काईदोमा ४ सय ५४, क्योतोमा ४ सय ५० इबाराकीमा ३ सय ३५, सिजुओकामा ३ सय ७९, गुन्मामा २ सय ५२, कुमामोतोमा २ सय सात,मियागी २ १२ जना संक्रमित थपिए ।


योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको कुल संख्या ११ लाख ९ हजार ९ सय १२ पुगेको छ । ९ लाख ३१ हजार ४ सय ५८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार ३ सय ९७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये १ हजार ४ सय ७८ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ३७ हजार २ सय ४६ जनाको उपचार भइरहेको छ । बुधबार ६७ हजार १ सय चार जनाको पिसीआर परीक्षण गरिएको थियो