
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी २ हजार १०४ जना डिस्चार्ज भएका छन् भने ४२ जनाको मृत्यु भएको छ । देशभरि सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ ।
देशभर ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेका छन् । २१ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

