अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस

-


     मर्दी न्युज    
     भाद्र २५ गते २०७८ मा प्रकाशित


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच उनले उक्त विधेयक प्रस्तुत गरेका हुन्।