गठबन्धन चुनाव जित्न मात्रै होइन भनेर प्रतिज्ञा गर्नुपर्छ : गुरुङ

-


     मर्दी न्युज    
     वैशाख २२ गते २०७९ मा प्रकाशित


चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारुढ गठबन्धनका नेताहरुले गठबन्धनको निरन्तरता हुने प्रतीज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताएका छन् ।

बिहीबार गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै गुरुङले स्थानीय चुनावमा मात्रै नभएर राष्ट्रिय चुनावमा पनि गठबन्धन कायम रहने प्रतिवद्धता गर्न शीर्ष नेताहरुसँग माग गरेका हुन ।

‘गठबन्धनका नेताहरुले प्रतिज्ञा गर्नुपर्यो । यो गठबन्धन निरन्तर रहन्छ भनेर । पद पाउनमात्रै गठबन्धन गरेको हो भने भोलि जनताले भरोस गर्न छाड्नेछन्’, गुरुङले भने ।

केन्द्रीय सदस्य गुरुङले गठबन्धनको नाममा कहिले कता कहिले कता लाग्ने र टुट्ने–फुट्ने प्रवृत्तिका कारण चितवनका नागरिकले भरोसा टुटेको बताए ।