
फाईल फोटो, मनशान्त घिमिरे
बिश्वमा आठहजार मिटर भन्दा अग्ला पर्बतीय चुचुरोहरु को संख्या चौध छन्। नेपालमा मात्रै त्यस्ता चुचुरोहरु आठवटा र हाम्रो यस गण्डकी प्रदेशमा तीनवटा छन्। प्रदेशमा धौलागिरी (८१६७ मि.), मनासलु (८१६३ मि.) र अन्नपूर्ण प्रथम (८०९१ मि.) रहेका छन्।
गोर्खा जिल्लामा रहेको बिश्वको आठौं अग्लो चुचुरो मनासलु हिमाल सन् १९५६ को मे महिनाको ९ तारीख (आजकै दिन) पहिलो सफल आरोहण भएको थियो । युको माकी को नेतृत्वमा गएको जापानी आरोहण दलका तोसिओ इमानिशी (जापान) र ग्याल्जेन नोर्बु शेर्पा (भारत) ले सफलता पुर्बक आरोहण गरेका थिए।
उनीहरु काठमाडौं बाट आरुघाट, जगत, सामागाउँ हुँदै आधारशिबिर बेसक्याम्प) पुगेका थिए। नेपालका ल्हाक्पा तेन्जिङ शेर्पा (H.C. No:-218) ले हेड कुक (भान्से) को जिम्मेवारी निर्बाह गरेका थिए।
यसै ऎतिहासिक दिनको सम्झनामा नेपाल पर्बतारोहण संघले विविध कार्यक्रमहरु तथा आरोहीहरु को सम्मानगरि “मनासलु आरोहण दिवस” भब्यतापुर्बक मनाउने गरेतापनि बिगत दुई बर्ष कोरोनाको महामारीको कारण र यो बर्ष स्थानीय निकायको चुनाव का कारण औपचारिक कार्यक्रम नगर्ने भएकोछ।
मनासलुको सफल आरोहण गर्ने पहिलो नेपाली उर्केन छिरिङ्ग शेर्पा हुन् । अप्रिल २२ तारीख सन् १९७३ मा उर्केनले आरोहण गर्नुभएका थिए । हालसम्म स्वदेशी र बिदेशी गरि २००० जनाभन्दा बढीले मनासलु को चुचुरो चुमिसकेका छन् ।
सन् २०२० को अक्टोबर १५ तारीख बिहीबारका दिन बहराइनका राजकुमार शेख मोहम्मद हमार मोहम्मद अलि खलिफा, राजपरिवारका अन्य सदस्यहरु र रोयल गार्डहरु सहित १४ जना ले यो सुन्दर चुचुरोमा पुग्न सफल भएकोले मनासलु थप चर्चित बनेको छ।

