
पोखरा, १२ जेठ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।
आज बिहाज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लागायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली रहि प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भईरहेको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

