सेयर लगानीकर्ता आन्दोलित

-


     मर्दी न्युज    
     जेठ २७ गते २०७९ मा प्रकाशित


काठमाडौं । शेयर बजार सुधारका लागि भन्दै लगानीकर्ताका विभिन्न संगठनहरूले संयुक्तरुपमा आन्दोलन शुरु गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ ।

साताको अन्तिम कारोबार पनि नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ६४ अंक घटेर २ हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

पछिल्लो समय शेयर बजार घट्दो ट्रेण्डमा रहेको छ । ३ हजार २०० पुगेको बजार २ हजारको विन्दु वरिपरि आउँदा लगानीकर्ताको खर्बौको सम्पत्ति गुमेको छ ।

यस्तो अवस्थामा नियामक निकायले लगानीकर्ताको हितमा केही नीतिगत सुधार हुन सकेमा बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । विगत पाँच दिनदेखि विभिन्न लगानीकर्ताका संघ, लगानीकर्ताहरुले नीतिगत सुधारका लागि माग गर्दै आन्दोलन गर्दै आएका छन् ।