चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज २१ गते २०७९ मा प्रकाशित


काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रेक्की ध्यान केन्द्र पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनीहरूको डेढ वर्षको बच्चा रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

गए राति साढे १ बजे पहिरोले एक तले ध्यान केन्द्र पुरिएको थियो ।