
“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मुल मन्त्रलाई आत्मसात गरि लायन्स क्लव इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ के अन्तर्गत जोन ३५ मातहतको तिनवटा क्लबहरु क्रमशः लायन्स क्लब अफ पोखरा संगम,लायन्स क्लव अफ पोखरा हेवन तथा लायन्स क्लब अफ पोखरा किरणको संयुक्त आयोजना र रक्त सञ्चार केन्द्र-प्रादेशिक कार्यालय रामघाट पोखराको प्राविधिक सहयोगमा आयोजित खुल्ला रक्तदान कार्यक्रम आज असार १७ गते (जुलाई १,२०२४) बिहान सम्पन्न भएको छ।

रक्तदान कार्यक्रमका दौरान गरिएको संक्षिप्त औपचारिक कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ के का डिस्ट्रीक्ट पिएमसिसी लायन दिपक श्रेष्ठ , विशिष्ट अतिथि डिस्ट्रीक्टकै फर्स्ट भाइस डिस्ट्रीक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाँइ, बिशेष अतिथि डिस्ट्रीक्ट पिआरओ चिफ लायन टिकाराम सापकोटा, अतिथिहरुमा डिस्ट्रीक्ट कोअर्डिनेटर( रक्तदान) लायन सरस्वती गिरि,डिस्ट्रीक्ट फेलोशिप चिफ लायन श्रीकृष्ण कतिला, डिस्ट्रीक्ट मार्केटिङ कोअर्डिनेटर लायन सीता श्रेष्ठ,डिस्ट्रीक्ट डेपुटी चिफ एडभाईजर लायन पम्फा देवकोटा पहारी, क्लस्टर चिफ लायन रितु पौडेल, जिएलटि एरिया कोअर्डिनेटर लायन भोलानाथ ओझा, रिजन चेयरपर्सन लायन जिवनराज सापकोटा, जोन ३५ का जोन चेयरपर्सन लायन गणेश सापकोटा हुनुहुन्थ्यो।

लायन्स क्लब अफ पोखरा संगमका अध्यक्ष लायन कोपिला श्रेष्ठको अध्यक्षतामा सचिव लायन गौरी ओझाको कार्यक्रम संचालन , लायन्स क्लब अफ पोखरा किरणका अध्यक्ष लायन रोशनी छिनालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा हेवनका अध्यक्ष लायन शेष कान्त शर्माले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने सम्पुर्ण कार्यक्रमको संयोजक लायन्स क्लब अफ पोखरा संगमका प्रथम उपाध्यक्ष लायन शोभा अधिकारी सापकोटाले गर्नुभएको थियो।

पोखराको महेन्द्रपुल, हुलाक भवन अगाडि भएको रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। प्रमुख अतिथि तथा अतिथीहरुको बाहुलीबाट रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो।

