सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन

-


     मर्दी न्युज    
     माघ १८ गते २०८१ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका छन् ।

आफना दलका सासंद सहित सभामुखको कार्यकक्षमा पुगेर उनले सांसद पद निलम्बन फुकुवाको निवेदन दिएको हो ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी पछि गत पुस ८ गते लामिछाने सांसदबाट निलम्बित भएको थियो ।