गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान प्राप्त हुँदै

-


     मर्दी न्युज    
     भाद्र ४ गते २०८२ मा प्रकाशित


दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति रु. एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।