सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

-


     मर्दी न्युज    
     भाद्र १७ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउँदै बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार २ हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो ।