जेनजी प्रदर्शनकारीको सहयोगमा कास्की कारागारबाट कैदीबन्दी भागे

-


     मर्दी न्युज    
     भाद्र २४ गते २०८२ मा प्रकाशित


पोखरा । कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् ।

जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो ।

प्रहरीका अनुसार, आन्दोलनकारीहरूले कारागार सुरक्षामा खटिएका केही प्रहरीलाई कुटपिट गरेका थिए। त्यसपछि भित्र छिरेर तोडफोड गर्दा कैदीबन्दीहरू समेत बाहिर निस्केर भाग्न सफल भएका हुन्।