
जेन–जी आन्दोलनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वका लागि अगाडि सार्ने विषयमा जेन–जी बहुमतको सहमति जुटाएको छ ।
बैठकमा सहभागी युवाहरूले कुनै पनि राजनीतिक दलसँग आबद्ध व्यक्तिले वार्ता वा नेतृत्व लिन नहुने अडान राख्दै हाल नागरिक अभियन्ता समेत रहेकी कार्कीलाई साझा नेतृत्वको रूपमा अघि सार्ने निष्कर्ष निकालेका हुन् ।
भर्चुअल छलफलमा जेन–जी पुस्ताले भनेका छन्, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ । त्यसपछि बालेन शाह र सागर ढकालहरू पनि विकल्पका रूपमा हुनुहुन्छ । अहिलेको परिस्थितिमा अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले गर्न सक्नुहुन्छ ।”

