सुन र चाँदी दुबैको मूल्य बढ्यो

-


     मर्दी न्युज    
     असाेज ३ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबारको बजारमा यस्तो सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले बढेर दुई हजार ५८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।