सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

-


     मर्दी न्युज    
     असाेज ५ गते २०८२ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।  उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । 

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।