सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड ब्रेक

-


     मर्दी न्युज    
     असाेज २३ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै बढेको छ । यस दिन बजारमा एक तोला सुनको मूल्य २ लाख ३९ हजार नाघेको छ। बुधबार २६ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार एक तोला सुन २ लाख ३८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, यस दिन चाँदीको मूल्य भने ७० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी दुई हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।