सुनको मूल्य ४ हजार २ सयले घट्यो

-


     मर्दी न्युज    
     असाेज २४ गते २०८२ मा प्रकाशित


अघिल्लो दिन हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार २ सय रुपैयाँ मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ ।

 यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य ३ हजार २५ रुपैयाँमा कायम भएको थियो ।