पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध

-


     मर्दी न्युज    
     श्रावण २० गते २०८३ मा प्रकाशित


सांकेतिक तस्विर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिए। यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ ।