
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन् ।
मंगलवार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । सभापति देउवाले आगामी १५ औं महाधिवशेनबाट आफूबाहेक अरु कुनै व्यक्ति सभापति हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु ।’
आगामी १५औं महाधिवेशनबाट आफू बाहेक अरु कुनै सभापति बन्ने भएकाले द्विविधा नपर्न आग्रह गरेका छन् ।