
साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ।
केही दिनयता बजार निरन्तर ओरालो लागेको छ ।
यसदिन ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ लाख ८६४ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार ३ अर्ब १० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएकामध्ये ४५ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घट्यो । ९ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।
बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरू समूहगत सूचक घटेका छन् ।