तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन

-


     मर्दी न्युज    
     मंसिर ३ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 मंगलबार सुन तोलामा दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले  बढेर प्रतितोला तीन हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ९०  रुपैयाँमा कारोबार भएको थियो ।