डिजेल र मट्टितेलको मूल्य घट्यो

-


     मर्दी न्युज    
     मंसिर १४ गते २०८२ मा प्रकाशित


नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमका अनुसार  डिजेल र मट्टितेलको मूल्य प्रति लिटरमा १ रुपैयाँले घटाइएको हो। नयाँ मूल्य सूची अनुसार १४४ रुपैयाँ ५० पैसा पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १४६ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४५ रुपैयाँ (दोस्रो वर्ष) र १४७ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४६ रुपैयाँ पर्नेछ । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ ।

हवाई इन्धनमा भने आन्तरिकतर्फ हवाई इन्धनमा प्रति लिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्‍याइएको निगमले जनाएको छ।

पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।