सुनको मूल्य घट्यो

-


     मर्दी न्युज    
     मंसिर १६ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।

आज यस्तै चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तीन हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तीन हजार ५३५ रुपैयाँमा कायम भएको थियो ।