एनपिएलमा आज इलिमिनेटरको खेल हुँदै, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

-


     मर्दी न्युज    
     मंसिर २४ गते २०८२ मा प्रकाशित


काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४:०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौँ अंक तालिकाको तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ । इलिमिनेटरमा जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ।

लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।