
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १९.९२ अंकले घटेर दुई हजार पाँच सय ९५.१० बिन्दुमा कायम भएको हो।
बिहीबार चार अर्ब ५७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर चार अर्ब ५२ करोड रूपैयाँ पुगेको छ। यस दिन ३४५ वटा धितोपत्रको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर किनबेच भएको हो।
आइतबार एसवाई प्यानलको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रह्यो। सो कम्पनीको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। बराही हाइड्रोपावरले ११ करोड ९० लाखको सेयर कारोबार गर्दा सन नेपाल लाइफ इन्स्योरेन्सले ११ करोड ४० लाख,लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्सले १० /१० करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये ४३ वटा स्टक्सको मूल्य बढ्दा २०७ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुअल फण्ड समूहको उपसूचक ०.१९ प्रतिशतले बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिएका छन्।

