सुनचाँदीको मूल्य बढ्यो

-


     मर्दी न्युज    
     पुस ११ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर २ लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला २ लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १६५ रुपैयाँले बढेर तोलामा ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।