
काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्म लम्बिने भएको छ ।
दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन भोलिसम्म लम्बिने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेकोले अझै समय लाग्ने विशेष अधिवेशन आयोजक समितिको भनाइ छ ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरी छलफल अघि बढाइरहेको भएपनि संस्थापन पक्षसँगको संवाद र वार्ता जारी छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्य र नेताहरुलाई बोलाएर पार्टी विभाजनलाई रोक्ने उपायको बारेमा कुराकानी भइरहेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

