गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन

-


     मर्दी न्युज    
     पुस ३० गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ । महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको छ ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली काँग्रेस औपचारिक रूपमा विभाजनतर्फ अघि बढेको छ ।