उम्मेदवारको मनोनयन उत्साहजनक: ५ बजे सम्म २ हजार तीन सय ३५ को मनोनयन दर्ता

-


     मर्दी न्युज    
     माघ ६ गते २०८२ मा प्रकाशित


फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता  गरेका छन् ।

मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्धारण गरेपनि ५ बजे भित्र समय लिएका दल तथा उम्मेदवारहरुको मनोनयनको काम अहिले पनि चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार पाँच बजे सम्म २ हजार तीस सय ३५ जनाको मनोनयन दर्ता भएको छ ।

मनोनय दर्ताको विवरण आउने क्रम जरी रहेकाले यो संख्या बढने र निर्वाचन मनोनयन उत्साहजनक रहेको आयोगले जनाएको छ ।