सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ

-


     मर्दी न्युज    
     माघ १५ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो ६ दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउँदै बढ्ने क्रममा रहेको हो ।

बुधवार सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधवार चाँदी प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्यले पनि बुधवार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।