कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमै फर्किए

-


     मर्दी न्युज    
     माघ १९ गते २०८२ मा प्रकाशित


कास्की जिल्लामा क्रियाशील नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष झविन्द्रराज रेग्मीसहित ठूलो संख्यामा नेताकार्यकर्ता नेकपा (एमाले) मा फर्किएको छ ।

एमाले कास्की जिल्ला कमिटीले आयोजना गरेको ‘घर फर्क’ कार्यक्रममार्फत उपाध्यक्ष रेग्मीसहित प्राध्यापक डा. टंकराज अधिकारी, शिवराज आचार्य, रवीन्द्रराज पौडेल, नवराज भण्डारी, पवित्रा न्यौपाने, नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरूको संगठनका गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर दीपक सुवेदी,मजदुर नेता दिपक भुजेल, वडा कमिटी पोखरा १९ का अध्यक्ष प्रदीपराज पौडेल लगायतका एमालेमा फर्किएका हुन् ।

एमाले कास्कीका अनुसार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका भाइ शिवराज आचार्यसहित तीन सयभन्दा बढी नेता तथा कार्यकर्ता उक्त कार्यक्रममार्फत एमालेमा फर्किएको छ ।

नवप्रवेशीहरूलाई एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले पार्टीमा स्वागत गरेका थिए।