३७ सयले बढ्यो सुनको मूल्य

-


     मर्दी न्युज    
     माघ २० गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले बढेर दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको  छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला  ५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।