साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाल बांङ्लादेशसँग पराजित, फाइनल यात्रा समाप्त

-


     मर्दी न्युज    
     माघ २१ गते २०८२ मा प्रकाशित


पोखरामा जारी यु–१९ महिला च्याम्पियनसिपको लिग चरणबाट बाहिरिएको छ ।

पोखरा रङ्गशालामा बुधबार भएको लिगको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।

यसअघि नेपालले पहिलो खेलमा भारतसँग १-० को हार बेहोरेको थियो। 

दोस्रो खेलमा भने नेपालले भुटानलाई २-१ गोलले हराएको थियो। फाइनल पुग्न आज बांङ्लादेशलाई पराजित गर्नु पर्ने भए पनि नेपालले चार गोल खायो।

नेपाललाई हराएको बङ्गलादेश फाइनलमा पुगेको छ । साविक विजेता बङ्गलादेशले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार नै भएको खेलमा भारतले भुटानलाई भुटानलाई ८–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।