सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, थप विवरण आउन बाँकी

-


     मर्दी न्युज    
     फागुन २७ गते २०८२ मा प्रकाशित


सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट भएको छ ।

प्रारम्भिक सूचनाअनुसार आज दिउँसो करिब ४ बजेतिर जिल्ला अदालत अगाडि कुकर बम विस्फोट भएको बताइएको छ। घटनापछि प्रहरी तथा सुरक्षा निकाय तत्काल घटनास्थलमा पुगेका छन् र क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हालसम्म विस्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन। प्रहरीका अनुसार हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन।

असुरक्षा निकायले स्थानीय बासिन्दालाई अनावश्यक भीड नगर्न र सतर्क रहन आग्रह गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।