सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     चैत्र ५ गते २०८२ मा प्रकाशित


स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा पाँच हजार चार सय रुपैयाँले घटेर तोलामा तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ । 

बुधवार सुनको मूल्य प्रतितोला तीन लाख सात हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ कायम भएको थियो ।