गुल्मीमा चट्याङ पर्दा ३ जना घाइते, केही चौपाय मरे

-


     मर्दी न्युज    
     चैत्र ६ गते २०८२ मा प्रकाशित


गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङमा चट्याङ लाग्दा ३ जना घाइते भएका छन । चट्याङबाट ३ वटा बाख्रा मरेका छन् ।

शुक्रबार परेको चट्याङले स्थानीय ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र २९ वर्षका विष्णु खड्का घाइते भएका हुन् । घाइतेमध्ये गोमा खड्काको अवस्था गम्भीर रहेको छ भने उनी बेहोस अवस्थामा रहेको जनाइएको छ। निरु र विष्णुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।

घटनामा स्थानीय सुशील खड्काले उद्धारमा सहयोग गरेका थिए। चट्याङकै कारण विष्णु खड्काको १ वटा र बाली बिकेको २ वटा गरी जम्मा ३ वटा बाख्रा मरेका छन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।