ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०८२ मा प्रकाशित


काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालत स्रोतले जनाएको छ । 

भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि बनेको जाँचबुझ आयोगले दुवै जनामाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।