तत्कालीन सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०८२ मा प्रकाशित


काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जिल्ला सरकारी वकिलको रायअनुसार मंगलबार साँझ हाजिरी जमानीमा रिहा गरिएको हो । प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले उनलाई हाजिरी जमानीमा रिहा गरिएको जानकारी दिए।

उनलाई सोही दिन बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

जेनजी आन्दोलनसम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रिजाल काठमाडौँका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।