
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्।
बुधबार सम्पन्न चयन प्रक्रियामा थापाको एकल उम्मेदवारी कायम भएपछि उनी निर्विरोध रूपमा दलको नेता बनेका हुन्।
यसअघि सुहाङ नेम्वाङले पनि नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिए। निर्वाचनपछि नेम्वाङले थापालाई खादा ओढाएर बधाई व्यक्त गरेका छन्।

