
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका उपसभापति डिपी अर्याललाई सभामुखको रुपमा अघि सार्ने निर्णय गरेको छ।
पार्टीको संसदीय दलको बैठकले सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै अर्याललाई सभामुख पदमा अघि सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
रास्वपाको बहुमत भएपनि प्रकृयामा जानुपर्ने भएकोले उमेदवार बनाउने निर्णय संसदीय दलले गरेको उनले बताए ।
सभामुखको निर्वाचनका लागि यही चैत्र २२ गते आइतबारको मिति तय गरिएको छ । संसद सचिवालयले आजैदेखि निर्वाचनको प्रकृया सुरु गरेको जनाएको छ।
प्रतिनिधि सभाको अर्को बेठक सोही दिन विहान ११ बजे बस्ने कार्यक्रम तय भएको छ ।

