
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हिरासतमा राख्न दुई दिन म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ओली र लेखकमाथि अनुसन्धान गर्न थप दुई दिनको समय थप गरिदिएको हो । ओलीलाई अदालतले भर्चुअल माध्यामबाट सुनुवाइमा सहभागी गराएको थियो ।
बयानका क्रममा ओलीले आफ्नो स्वास्थ्यमा समस्या रहेको जानकारी गराएको अदालतको आदेशमा उल्लेख छ । अदालतले आदेशमा बयान सकिएपछि ओलीको उपचारमा असर नपर्ने गरी अनुसन्धान गर्न पनि आदेश गरेको छ ।

