शेयर बजारमा भारी गिरावट, १०५ अंकले घट्यो नेप्से परिसूचक

-


     मर्दी न्युज    
     चैत्र २२ गते २०८२ मा प्रकाशित


नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको छ।

योसँगै नेप्से परिसूचक २६७६ दशमलव ६८ अंकमा झरेको छ। नयाँ सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको नेप्से परिसूचक २८४ अंकले घटेको छ ।

आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको भएको छ । 

यस दिन फ्लोट इन्डेक्स ३ दशमलव ८८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव ५० प्रतिशत र सेन्सेटिभ इन्डेक्स ३ दशमलव ३० प्रतिशत घटेका छन् । 

आज सबै समूहगत सूचक राताम्मे बनेका छन् । तीमध्ये सर्वाधिक घट्नेमा अन्य समूहको सूचक छ । उक्त समूहको सूचक ६ दशमलव ०९ प्रतिशत घटेको छ । सर्वाधिक घट्ने सूचकको दोस्रोमा जलविद्युत् समूह छ । उक्त समूहको सूचक ४ दशमलव ८४ प्रतिशत घटेको छ ।