
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता असफल हुँदा अमेरिका भन्दा धेरै इरानका लागि खराब खवर भएको बताएका छन् ।
लामो दिनसम्म चलेको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भान्सले भने, “खराब खबर यो हो कि हामी कुनै सम्झौतामा पुग्न सकेनौं। र, मलाई लाग्छ, यो अमेरिका भन्दा धेरै इरानका लागि खराब खबर हो।”
इरानसँग कुनै सम्झौता नभएपछि पाकिस्तानको इस्लामाबादबाट अमेरिका फर्किन प्रस्थान गरेका छन्। उनी एयर फोर्स टु विमानमार्फत अमेरिका फर्किरहेका छन्।

